SHARE
मकालु खबर · सोमबार १६ भौ २०८२ ०३:१५ PM · 1 मिनेट पढाइ

पहिलो ‘राष्ट्रिय लोक, परम्परागत चित्र तथा शिल्प–हस्तकला सम्मेलन’ सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा आजदेखि काठमाडौँमा पहिलो ‘राष्ट्रिय लोककला, परम्परागत चित्रकला तथा शिल्प–हस्तकला सम्मेलन २०८२’ सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा अग्रज कलाकार श्यामवदन श्रेष्ठले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरे । कार्यक्रममा कुलपति हार्तम्छालीले कलामार्फत देशको समृद्धिको विचार मन्थन गर्ने सम्मेलनमा सातै प्रदेशका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको बताए ।