SHARE
Samata Press · शनिबार ९ साउन २०८३ ०६:०६ PM · 1 मिनेट पढाइ

प्रदेश सरकारमा सहकार्य गर्न एमाले–नेकपाबीच सहमति

काठमाडौँ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्न लिखित सहमति भएको छ।  शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार पाँच प्रदेशमा नेत्वन लिने बारे सहमति भएको छ।  बाँकी दुई प्रदेश (मधेश र गण्डकी)मा भने अन्य दलहरुसँग छलफल गर्ने सहमित भएको छ। पाँच मध्ये ३ प्रदेशमा एमाले र २ प्रदेशमा नेकपाको नेतृत्वमा सरकार बन्ने सहमति भएको छ। जसअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ।