मुख्यमन्त्री कँडेले दिए राजीनामा
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार मुख्यमन्त्री कँडेलले प्रदेशसभा समक्ष राजीनामा दिएका हुन् शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका छन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखेर राजीनामाको घाेषणा गरेका हुन् ।
