ट्रमा सेन्टरलाई काठमाडौँ महानगरपालिकाद्वारा अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण, स्थानीय र विपन्न बिरामीको निःशुल्क उपचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई उपलब्ध गराइएको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलले सामग्री हस्तान्तरण गर्दै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइन्। उपलब्ध सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।
