SHARE
मेट्रो न्युज काठमाडौं · शुक्रबार​ ८ साउन २०८३ ०८:५२ PM · 1 मिनेट पढाइ

४५ दिन भित्र आयोजनाको लाभ लागत र प्रभाव प्रतिवेदन पेश गर्न बागमती नगर जग्गा एकीकरण आयोजनालाई समय

काठमाडौँ । काठमाडौँको गुहेश्वरी फाँटमा सञ्चालित ‘बागमती नगर जग्गा एकीकरण आयोजना’ ले सम्पन्न गरेका काम र ती कामको प्रभाव तथा बाँकी काम तथा दायित्व सम्बन्धी प्रतिवेदन बुझाउन आयोजनालाई ४५ दिनको समय दिइएको छ । आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको जग्गा एकीकरण आयोजना व्यवस्थापन उपसमितिको वैठकमा पूर्वाधार तथा सहरी सुविधा वितरण प्रणालीका अधुरा कामले नागरिकमा समस्या भइरहेको विषय उठान भएपछि तथ्यगत विवरणमा आधारित प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनले औल्याएका काम तत्काल सम्पन्न गर्ने निर्णय भएको हो । आयोजनाका प्रमुख, उपसमितिका सदस्य सचिव एवं काठमाडौँ उपत्यका विकास प्राधिकरणका काठमाडौँ जिल्ला आयुक्त सुनिता श्रेष्ठले पेश गर्नुभएको प्रगतिपछि प्रतिवेदन पेश गरेपछि प्राविधिक तथा प्रशासनिक कामका विषयमा निर्णय गरिने बताइएको हो ।  बैठकमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, पूर्वाधार, सुविधा प्राप्ति, सामाजिक व्यवस्था जस्ता स्थानीयबासीका आवश्यकता र कानुनी प्रबन्धलाई अब गर्नु पर्ने कामको आधार बनाएर प्रतिवेदन तयार गर्न आग्रह गर्नुभयो । ‘के काम गर्न बाँकी हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं