महाकाली नदीमा सेनाको श्रमदानबाट ३५० मिटर गाइडबण्ड पुनःनिर्माण
महेन्द्रनगर। महाकाली नदीमा सम्भावित बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि चार लेनको पक्की पुलसँग जोडिएको ३५० मिटर गाइडबण्ड (ड्याम) पुनःनिर्माण सम्पन्न भएको छ। पुनःनिर्माण कार्य नेपाली सेनाको श्रमदानमा गरिएको हो। श्री नं. २५ बाहिनी अड्डाको संयोजन तथा सुदूरपश्चिम पृतनाको सहयोगमा ४०० भन्दा बढी सैनिक परिचालन गरी गाइडबण्डको मर्मत तथा पुनःनिर्माण गरिएको हो।
