शनिबार–आइतबार दुई दिने बिदा हट्दैन, २५ लाख धरौटी व्यवस्था पनि फिर्ता हुँदैनः मन्त्री पोखरेल
काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था यथावत् रहने स्पष्ट गरेका छन्। शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले शनिबार र आइतबार दिइँदै आएको बिदाबारे सरकारले पुनर्विचार नगर्ने बताएका हुन्। ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिन दिइएको बिदाको पुनःविचार हुँदैन,’ मन्त्री पोखरेलले भने।
