वालेन सरकारको ब्रान्डिङपछि डीडीसीको कारोबार ४ अर्ब पुग्यो, किसानको भुक्तानी अझै बाँकी
काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब चार अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै करिब ६ करोड लिटर दूध प्रशोधन तथा बजारीकरण गरेको जनाएको छ। संस्थानले गत वर्ष दूधको अत्यधिक उत्पादनका कारण किसानलाई भुक्तानीमा ढिलाइ भए पनि अहिले बक्यौता भुक्तानी अवधि ६–७ महिनाबाट घटेर २–३ महिनामा झारेको जनाएको छ।
