आइएमई लाइफबाट बाहिरिए डीसीईओ अमात्य
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) दिनेश अमात्यले पदबाट राजीनामा दिएका छन्। आइएमई लाइफ छाडेर अमात्य हिमालयन लाइफ इन्स्योरेन्समा प्रवेश गर्न लागेको बुझिएको छ। हिमालयन लाइफमा पनि उनी डीसीईओ भएर नै जान लागेको बताइएको छ।
