SHARE
बासुरी खबर · आइबार​ २५ जेठ २०८२ ०४:३४ PM · 1 मिनेट पढाइ

स्वास्थ्य शिबिरबाट बाह्रबिसे क्षेत्रका झन्डै पाँच सय लाभान्वित

सिन्धुपाल्चोक- बाह्रबिसे नगर अस्पतालमा भएको स्वास्थ्य शिबिरबाट ४ सय ८० जनाले स्वास्थ्य सेवा लिएका छन् । महिलाहरुका लागि समस्या हुने पाठेघर तथा स्तन क्यान्सरबाट पीडित भएका र अस्पताल जान नसकेका महिलाहरुलाई मध्यनजर गर्दै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संचालन गरेको वडाध्यक्ष विमल पौडेलले बताए ।