बाजुरामा भारी वर्षापछि बाढी–पहिरोको कहर, १६ घरधुरी प्रभावित, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
बाजुरा । बाजुरामा गएरातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। लगातारको वर्षाले जिल्लाका नौवटै स्थानीय तहका साना तथा ठूला नदीमा पानीको बहाव बढ्दा बस्ती, सडक र कृषि क्षेत्रमा असर परेको छ। सदरमुकाम मार्तडी नजिकैको सेलाघाटसहित विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण धेरै परिवार विस्थापित भएका छन्।
