अभियन्ता सोनम वाङ्चुकले कुन सर्तमा तोडे २६ दिन लामो आमरण अनशन
काठमाडौं। २६ दिनसम्म जारी आमरण अनशनपछि अभियन्ता सोनम वाङ्चुकले आफ्नो अनशन अन्त्य गरेका छन्। वाङ्चुकले हरियाणाको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह, साथै लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा बिहीबार राती अनशन तोडेका हुन्।
