SHARE
बासुरी खबर · आइबार​ २५ जेठ २०८२ ०४:४५ PM · 1 मिनेट पढाइ

बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित

सिन्धुपाल्चोक- बलेफी गाउँपालिका ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषित भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित जिल्ला खोप समन्वय समिति सिन्धुपाल्चोकले औपचारिक रूपमा घोषणा गर्दै पालिकालाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।