SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०५:१२ AM · 1 मिनेट पढाइ

स्वकीय सचिवमा नातेदार नियुक्त नगर्न सांसदहरूलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदका स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनलाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउन आन्तरिक निर्देशन जारी गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनअनुसार रास्वपाका सांसदले स्वकीय सचिव नियुक्त गर्दा एकाघरका सदस्य वा नजिकका नातेदारलाई नियुक्त गर्न पाउने छैनन् ।