अविरल वर्षा र पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध
काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। यातायात सेवा प्रभावित भएपछि सुरक्षा निकायले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
