स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वास्थ्य बीमा दाबीबापत कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त भई स्वीकृत भएका दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न भइसकेको थियो।
