SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा

काठमाडाैं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इण्ड्रस्ट्रिज एण्ड ट्रेनिङ हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्य दूतहरूको संस्था ‘अनररी कन्सुलर कर्प्स नेपाल’ (एचसीसीएन) को डीनमा निर्विरोध निर्वाचित भएका छन् । डीन वैद्यले नेपालको आर्थिक समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा एचसीसीएनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।