SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

बिहीबार राति नै छुटिन् बेदिका केसी

काठमाडौं । बेदिका केसी हाजिर जमानीमा बिहीबार राति नै रिहा भएकी छन्। साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीका अनुसार केसीलाई जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा शुक्रबार बिहान १० बजे भद्रकालीस्थित सरकारी वकिल कार्यालयमा उपस्थित हुने सर्तसहित रिहा गरिएको हो। पुराण वाचिका राधिका दासीले दिएको जाहेरीका आधारमा प्रहरीले बिहीबार बिहान केसीलाई नियन्त्रणमा लिएको थियो।