SHARE
बासुरी खबर · सोमबार २६ जेठ २०८२ ०४:०६ PM · 1 मिनेट पढाइ

ऊर्जामन्त्रीले गरे गण्डक नहरको ‘सेटलिङ्ग बेसिन’ उद्घाटन

नवलपरासी । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन् । नेपाल गण्डक पश्चिम नहर सिंचाइ व्यवस्थापन कार्यालयले नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरे ।