गत आर्थिक वर्षमा सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२\०८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिगो दाबी गरेको छ ।
