SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०४:२१ PM · 1 मिनेट पढाइ

मुलुकको वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ । गत आवमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो ।