सुरज वैद्य बने अनररी कन्सुलर कप्र्स नेपालको डीन
काठमाडौं । प्रतिष्ठित व्यापारिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डिस्ट्रिज एन्ड ट्रेडिब हाउसका अध्यक्ष सुरज वैद्य अवैतनिक वाणिज्यदूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)को डीनमा निर्विरोध निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्य फिलिपिन्सका अवैतनिक वाणिज्यदूत हुन् । काठमाडौंमा सम्पन्न एचसीसीएनको साधारणसभाले वैद्यलाई नयाँ डीनमा सर्वसम्मत चयन गरेको हो ।
