SHARE
ओएसनेपाल · आइबार​ १५ भौ २०८२ १२:४४ PM · 1 मिनेट पढाइ

उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँः गृहमन्त्री लेखक

वीरगञ्ज (पर्सा), १५ भदौः गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ काम भइरहेको बताउनुभएको छ ।नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताउनुभएको हो ।