SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्क्यामर तथा अन्य अपराधीको निगरानीका लागि सरोकार भएका सबैलाई आग्रह गरेको छ । प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा आज जारी सूचनामा स्क्यामर (जालसाज गर्ने) ले भ्रममा पारी बैंक खातामा पैसा हाल्न लगाउनेजस्ता गतिविधि बढेकाले सचेत रही निगरानी गर्न आग्रह गरिएको हो ।