सरु संगीत राष्ट्रिय पुरस्कार कविता आलेलाई प्रदान
ललितपुर । टिकाथलीस्थित ‘लोकप्रिय सरु संगीत घर’ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार लोकगायिका तथा कलाकार कविता आलेलाई प्रदान गरेको छ ।शनिबार आयोजित विशेष समारोहका विच आलेलाई २५ हजार नगद राशिसहितको उक्त पुरस्कार प्रदान गरिएको हो ।
