SHARE
ओएसनेपाल · आइबार​ १५ भौ २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

सभापति देउवा निवास बुढानिलकण्ठमामा मनाइयो गौरा पर्व

काठमाडौँ, १५ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा सुदूरपश्चिमको प्रमुख गौरा पर्व मनाइएको छ ।पर्वका अवसरमा सभापति देउवाका धर्मपत्नी एवं परराष्ट्रमन्त्री डा आरजु राणा देउवालगायत सुदूरपश्चिम घर भइ काठमाडौँमा रहनुभएका महिलाले गौराको मूर्तिलाई पार्वतीको प्रतिकका रूपमा पूजा गर्नुभएको थियो । साथै उहाँहरुले देउडा गीत गाउँदै नाच्दै एकापसमा रमाइलो गर्नुभएको थियो ।