पेस्की असुलीमा कडाइ गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्ड
काठमाडौं । कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेस्की खर्च नभएका अवस्थामा असुल गर्न थालेको छ । बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि छुट्याउने गरेको रकम जिल्लामा पठाउने गरेको तर खर्च नभएको रकम लामो समयसम्म फिर्ता नभएपछि पेस्की फछ्र्यौटमा कडाइ गरेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिए ।
