SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ । सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताले पुनरवलोकन निवेदन दिएका हुन् ।