SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०३:१० PM · 1 मिनेट पढाइ

२०० र ५०० दरका भारु नोटको कारोबार औपचारिक रूपमा खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय नोट विधिवत रुपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आवश्यक प्रक्रियागत व्यवस्था गरेर ती नोटको प्रयोग पनि खुला गरेको हो । बिहीबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नेगरी भारुको प्रयोग खुलाएको हो ।