SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

टीभीएस ले नेपालमा सार्वजनिक गर्‍यो १५८ किमि रेन्ज भएको नयाँ विद्युतीय स्कुटर ‘अर्बिटर’

काठमाडौं । टीभीएस मोटर कम्पनी ले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टीभीएस अर्बिटर सार्वजनिक गरेको छ। कम्पनीले दैनिक सहरी यात्रालाई लक्षित गर्दै ल्याएको यो स्कुटर १५८ किलोमिटर (आईडीसी) रेन्ज, ३४ लिटरको भण्डारण क्षमता, गतिको स्थिर नियन्त्रण (क्रुज कन्ट्रोल), उकालोमा रोक्ने सहायक प्रणाली (हिल होल्ड असिस्ट) तथा स्मार्ट कनेक्टेड प्रविधिसहित नेपाली बजारमा प्रवेश गरेको हो।