SHARE
ओएसनेपाल · आइबार​ १५ भौ २०८२ ०३:४७ PM · 1 मिनेट पढाइ

देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला

वीरगञ्ज (पर्सा), १५ भदौः राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।