सरकारलाई एनसेलको आग्रह : शेयर कारोबार र अनुमतिपत्रसम्बन्धी निर्णय पुनरावलोकन गरियोस्
काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आफ्नो शेयर खरिद–बिक्री, अनुमति पत्र नवीकरण तथा दूरसञ्चार नियमावलीमा गरिएको संशोधनसँग सम्बन्धित सरकारी निर्णयहरूको पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुनः आग्रह गरेको छ। कम्पनीले बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाउँदै ती निर्णय कानुन, संविधान तथा प्रचलित विदेशी लगानीसम्बन्धी व्यवस्थासँग मेल नखाने दाबी गरेको हो।
