SHARE
मेट्रो न्युज काठमाडौं · बिहीबार ७ साउन २०८३ ०७:३९ PM · 1 मिनेट पढाइ

यस वर्ष कार्यान्वयनमा ल्याइने योजनाको असोजभित्र डीपीआर सक्न कार्यवाहक प्रमुखबाट सहरी योजना आयोगलाई निर्देशन 

काठमाडौँ । चालु आर्थिक वर्षका लागि स्वीकृत भएका र कार्यान्वयन प्रक्रियामा लैजान विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आवश्यक हुने योजनाको असोजभित्र काम सक्न काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी योजना आयोगलाई निर्देशन दिनुभएको छ । आज उहाँको वैठक कक्षमा बसेको सहरी योजना आयोगको वैठकमा अहिलेसम्मका प्रगतिका विषयमा जानकारी लिँदै उहाँले आफ्नै क्षमताले गर्न सकिने कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।  ‘सम्पन्न योजनाको संरक्षण र दिगो उपयोगको विषय नयाँ योजना निर्माण गर्ने जत्तिकै महत्वपूर्ण काम छ । हामीले नवनिर्माणमा ध्यान दिएर पुग्दैन । अरवौँ खर्च गरेर बनाइएका सम्पत्तिको संरक्षण र दिगो उपयोगका लागि काम गर्नु पर्नेछ ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म गरिएका अध्ययन, प्रतिवेदनबाट प्राप्त सुझाव र नागरिकका अपेक्षालाई मार्गदर्शन मानेर पार्किङ सञ्चालन व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, नदी किनाराको मूल्य स्थापित गराउने कार्यक्रम, न्यून आय भएका परिवारका आवश्यकता, अनौपचारिक क्षेत्र, सिप र रोजगारी, डुवान व्यवस्थापनसहित विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य लगायत नागरिकका दैनिकीसँग जोडिएका क्षेत्रका कामलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुहुनेछ भन्ने विश्वाश लिएकी छु ।’ उहाँको भनाइ थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: मेट्रो न्युज काठमाडौं