कर अधिकृतलाई अर्थमन्त्रीको निर्देशन– ‘कोही त्रसित छैनन्, कर प्रशासनमा ठूलो सुधार भयो’ भन्ने सन्देश दिनुहोस्
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर नभई खुसी पारेर कर सङ्कलन गर्न कर प्रशासनलाई निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कर प्रशासनमा देखिने व्यवहार र सेवाप्रवाह सुधार गर्न आग्रह गरेका हुन्।
