६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् ।
