नर्भिकमा २१ वर्षदेखि घाँटीमा रहेको दुर्लभ ट्युमरको शल्यक्रिया सफल
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न भएको अत्यन्तै दुर्लभ ट्युमरको जटिल शल्यक्रिया सम्पन्न भएको छ । नर्भिक अस्पतालका न्युरोसर्जन डा. पावनबहादुर भण्डारीको नेतृत्वमा चिकित्सकहरूको टोलीले ७१ वर्षीया वृद्धा महिलाको घाँटीको बायाँ भागमा रहेको दुर्लभ ट्युमर ७ घण्टा लामो शल्यक्रियामार्फत हटाएको हो ।
