आकार फाउन्डेसनद्वारा अटिजम भएका युवालाई आठ साता लामो तालिम प्रदान
काठमाडौं । आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न गरेको छ। आठ सातासम्म सञ्चालन भएको तालिममा सहभागी १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ। गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा आयोजित कार्यक्रममा प्रशिक्षार्थीहरूले तयार गरेका सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो।
