विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा विद्युत् दुर्घटनामा परी दुवै हात गुमाएका बालकलाई उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त रकम स्वीकृत गरेको हो।
