नेपालमा ईभी पिकअपमध्ये सबैभन्दा ठूलो क्षमताको ब्याट्री प्याक भएको ‘म्याक्सस ईटेरेन ९ कम्फर्ट’ सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटर्स प्रालिले नेपालमा म्याक्ससको नयाँ विद्युतीय फोर–ह्विल ड्राइभ पिकअप म्याक्सस ईटेरेन ९ कम्फर्ट (eTERRON 9 Comfort) सार्वजनिक गरेको छ। आज सार्वजनिक गरेको गाडीको सुरुवाती मूल्य कम्पनीले ८८ लाख रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुने कम्पनीले स्पष्ट गरेको छ।
