मधेसमा ‘बफर’ कोटाको रासायनिक मल वितरण सुरु
जनकपुरधाम । धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव झेलिरहेका किसानलाई राहत दिन मधेस प्रदेश सरकारले ‘बफर’ कोटाअन्तर्गत युरिया र डीएपी मल वितरण सुरु गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरधामले स्थानीय तहको सिफारिसका आधारमा बफर कोटाको मल बिक्री–वितरण सुरु गरेको जनाएको छ।
