SHARE
हाम्रो खेलकुद · आइबार​ १५ भौ २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

सेन्ट जेभियर्सलाई ग्लोबल रिच फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- सेन्ट जेभियर्सले ग्लोबल रिचले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । धुकु फुटसलमा शनिवार भएको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्यो । निर्धारित ४० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद