SHARE
कर्पोरेट समाचार · बुधबार २८ जेठ २०८२ ०४:३६ PM · 1 मिनेट पढाइ

११ करोड लगानीमा पोखरामा रिसोर्ट निर्माण

गण्डकी । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका–३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रु ११ करोड लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधायुक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार