कोलकाता–विराटनगर कार्गो रेल ‘पूर्वी नेपालको औद्योगिक विकासको माइलस्टोन’
विराटनगर। भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकी (आईसीपी) सम्म नियमित कार्गो रेल सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगी–व्यवसायी उत्साहित भएका छन् । वर्षौंदेखिको माग पूरा भएको भन्दै उनीहरूले यसलाई पूर्वी नेपालको औद्योगिक विकासका लागि ‘गेम चेन्जर’ र ‘माइलस्टोन’को संज्ञा दिएका छन् ।
