प्रधानमन्त्रीको फेसबुक घोषणाले अघि बढाएको समता कर खारेजी प्रक्रिया मन्त्रीपरिषद्मा पुग्यो
काठमाडौं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर खारेज गर्ने निर्णय मन्त्रीपरिषद्मा पुर्याएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगको परामर्शपछि वाग्लेले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क खारेज गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। यद्यपी अर्थमन्त्रीले लगाएको समता कर मंगलबार प्रधानमन्त्रीले फेसबुकबाट खारेज गरिदिएका थिए।
