औषधि वितरण सहज बनाउन तत्काल सवारी व्यवस्था गर्न मन्त्री यादवको निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् । बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए ।
