उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकार सम्पन्न बनाउनेतर्फ केन्द्रित छौँ : गृहमन्त्री लेखक
पर्सा । गृहमन्त्री रमेश लेखकले उपभोक्ता अदालतलाई बढीभन्दा बढी अधिकारसम्पन्न बनाउनेतर्फ काम भइरहेको बताएका छन् । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उपभोक्ता अदालत स्थापना भएर हाल कार्यसम्पादन गर्दै आइरहेको र यसलाई थप बलियो बनाउन सरकार केन्द्रित रहेको बताएका हुन् ।
