SHARE
मकालु खबर · आइबार​ १५ भौ २०८२ ०१:५३ PM · 1 मिनेट पढाइ

ओलीलाई भेटेपछि मोदीले भने: ‘भारत–नेपाल सम्बन्ध गहिरो र विशेष छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ । आइतबार भएको भेटपछि मोदीले सामाजिक सञ्जालमा लेख्दै नेपालसँगको सम्बन्धलाई ‘गहिरो र विशेष’ बताएका छन् । ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियानजिनमा भेट्दा खुसी लाग्यो । भारत र नेपालको सम्बन्ध गहिरो र विशेष छ,’ उनले स्टाटसमा उल्लेख गरेका छन् ।