मलंगवामा खुल्यो एम्पियरको आधिकारिक शोरुम
सर्लाही। भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर इलेक्ट्रिक’ले मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा निर्मित एम्पियरले नेपालभर बजार विस्तार गर्ने अभियानअन्तर्गत नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले बी.एम. ईभी हबलाई आधिकारिक बिक्री तथा सेवा केन्द्रको जिम्मेवारी दिएको छ।
