महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
