कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक छ : प्रचण्ड
लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन् । पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उनले उल्लेख गरे ।
